काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौको त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पताल प्रा.लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । 

बैंकले आफ्ना खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । 

सम्झौता अनुसार बैंकको खातावाला, क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा बैंकका शयेरधनीहरुले अस्पतालको प्याथोलोजी, अल्ट्रासाउन्ड, सीटी स्क्यान, अपरेशन, रेडियोलोजी, बेड चार्ज तथा अन्य जाँचमा १२ प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का र ब्लु क्रस अस्पताल प्रा.लि.का कार्यकारी ब्यवस्थापन समितीका सदस्य सचिव रजत श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९६ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १२ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२९ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।