काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले चितवन जिल्लाको टाँडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

ती शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठ गरे । 

उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधि, स्थानीय व्यवसायी तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिति थियो । नयाँ शाखा कार्यालयहरुमार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ ।  

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर ८३ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टर साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा ११३ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ भने बैंकको गत अषाढ मसान्तमा कुल निक्षेप रु. एकसठ्ठी अरब बत्तिस करोड तथा कुल कर्जा रु. पचपन्न अरब पुगेको छ ।