काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले नेपाल सरकारको ‘समृद्धिसंग जोडौं नाता स् सबै नेपालीको बैंक खाता’ नारा सहितको ‘खोलौं बैंक खाता अभियान, २०७६’ अन्तर्गत ‘सेञ्चुरी सबैको खाता’ सञ्चालनमा ल्याएको छ ।

शून्य मौज्दातमा खोलिने सो खातामा वार्षिक ६.५ प्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । 

साथै रु. २५० मा ५ वर्षका लागि डेबिट कार्ड तथा पहिलो बैंक खाता खोल्ने ग्राहकलाई प्रोत्साहन स्वरुप बैंक स्वयम्ले रु १०० खातामा जम्मा गरिदिनेछ ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।