काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कैलालीको टिकापुरमा केन्द्रिीय कार्यालय रहेको सेती फाइनान्सलाई अक्वायर गर्ने भएको छ । 

सो सम्बन्धी समझदारीपत्रमा दुवै बैंकक अधिकारीले हस्ताक्षर गरेका छन् । 

सेती फाइनान्सको पूँजी  १५ करोड २६ लाख पूँजी रहेको छ । त्यसैगरी सो संस्थाले चैत मसान्तमा रु १ करोड ५४ लाख संचालन मुनाफ्mा आर्जन गर्न सफ्mल भएको छ ।

सेञ्चुरी बैंकले इन्नोभेटिभ डभलेपमेन्ट बैंक तथा अरनिको डेभलेपमेन्ट बैंकलाई प्राप्ति गरी संयुक्त कारोबार गर्ने तयारी थालेको छ भने सगरमाथा फ्mाइनान्स ,अल्पाइन डेभलेपमेन्ट बैंक र सेती फाइनान्सलाई प्रािप्तपछि पश्चात् करिब १ अर्ब २० करोड पूँजी थप हुनेछ ।

सेञ्चुरी बैंकले  इन्नोभेटिभ डेभलेपमेन्ट बैंक र अरनिको डेभलेपमेन्ट बैंकको संयुक्त कारोबार पश्चात ४० प्रतिशत हकप्रद निश्कासन गर्नेछ । हकप्रदपछि चुक्तापूँजीमा १ अर्ब ८८ करोड रुपैयाँ थपिनेछ । यस्तै, चालुु आर्थिक वर्षको मुनाफाबाट बोसन सेयर जारी गरी नेपाल राष्ट्रबैंकले तोकेअनुसार चुक्तापूँजी ८ अर्ब पुर्याउने सेञ्चुरीको योजना छ ।