काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको विशेष साधारणसभाले अल्पाइन डेभलपमेन्ट बैंक र सेती फाइनान्सलाई प्राप्तिको प्रस्ताव पारित गरेको छ । 

शुक्रबार काठमाण्डौको कालिकास्थानस्थित अमृतभोग क्याटरर्स प्रालिमा सम्पन्न विशेष साधारणसभाले सो प्रस्ताव पारित गरेको हो । 

अल्पाइन डेभलपमेन्ट बैंक लिमीटेडको १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंकको ९३ कित्ता र सेती फाइनान्सको १०० कित्ता बराबर सेञ्चुरी कमर्सियल बैंक लिमीटेडको ७० कित्ता शेयर हुने गरी तय गरिएको शेयर अनुपातलाई पनि स्वीकृति दिएको छ । 

यी दुुई संस्थाको प्राप्तिपछि बैंकको चुक्तापूँजी करिब रु. ६ अर्ब हुनेछ । यसैगरी, सेञ्चुरी बैंकले रु. १ अर्ब ८८ करोड बराबरको ४० प्रतिशत हकप्रद शेयरको बिक्री गदैंछ र रु. ८ अर्बको अपुुग पुुँजी रकम चालु आर्थिक वर्षको मुनाफाबाट पूरा गर्ने जनाएको छ । यी संस्था समाहित भएपछि बैंकको कुल शाखा सञ्जाल संख्या ९० पुुग्नेछ ।