काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले २ अर्ब २० करोड रुपैयाँबराबरको ऋणपत्र निष्कासन गर्ने अनुमति पाएको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले आज चैत २९ गते सेञ्चुरी कमर्सियल बैंकलाई ‘सेञ्चुरी डिबेन्चर २०८८’ नामक ऋणपत्र निष्कासन गर्ने अनुमति दिएको हो। 

अब सेञ्चुरी बैंकले १ हजार रुपैया अंकित दरका कुल २२ लाख इकाइ भएको ऋणपत्र निष्कासन गर्नेछ। जसमध्ये १३ लाख २० हजार इकाइ व्यक्तिगत तबरबाट बिक्री गरिनेछ भने ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि निष्कासन गरिनेछ। 

यो ऋणपत्र १० वर्षे अवधिको हो। यसमा बैंकले वार्षिक १०.५ प्रतिशत ब्याज प्रदान गर्नेछ। 

सेञ्चुरी बैंकको यो ऋणपत्रको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।