काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र निक्षेप तथा कर्जा सुरक्षण कोषबीच नेपाल राष्ट्र बैंकबाट निर्देशित “सहुलियतपूर्ण कर्जाका लागि व्याज अनुदान” अन्तर्गत विभिन्न शीर्षकमा प्रदान गरिने कर्जाको सुरक्षणका लागि सम्झौता भएको छ । 

चैत ४ गते भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम र निक्षेप तथा कर्जा सुरक्षण कोषका प्रमुख कार्यकारी अधिकृत बिष्णुबाबु मिश्रले हस्ताक्षर गरेका छन् । 

यो सम्झौतासँगैसेञ्चुरी कमर्सियल बैंकले आउदो दिनमा लघु, साना तथा मझौला उद्यमका साथै विपन्न वर्ग कर्जाहरुमा लगानी बढाइने बताएको छ । 

हाल यो बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ६ वटा एक्स्टेन्सन काउन्टरहरु र उपत्यका बाहिर ९८ शाखाहरु र २ वटा एक्स्टेन्सन काउन्टरहरु साथै १३ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३२ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।