काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड भैरहवा शाखा र सिद्धार्थनगर सिटी अस्पतालबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ।

सेञ्चुरी कमर्सियल बैंक र सिद्धार्थनगर सिटी अस्पतालबीच विभिन्न सेवासुविधाहरुमा १० प्रतिशतसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। 

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई सिद्धार्थनगर सिटी अस्पतालमा १० प्रतिशतसम्म छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। ओपीडी टिकट, ल्याव शुल्क, एक्सरे, भिडियो एक्सरे, बेड चार्ज जेनेरल, फिजियो थेरापीमा १० प्रतिशत र बेड÷क्याबिन चार्जमा ५ प्रतिशत छुट दिने सम्झौता भएको छ। 

सम्झौतापत्रमा सिद्धार्थनगर सिटी अस्पतालका तर्फबाट प्रबन्ध निर्देशक अर्जुन पौडेल र बैंकका तर्फबाट भैरहवा शाखा प्रमुख प्रकाश गौतमले हस्ताक्षर गरेका छन्। 

बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।