काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डवाहकले क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने सुविधासहित डिजिटल वालेटसम्बन्धी सम्झौता भएको छ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहकले आफ्नो कार्डलाई मोको डिजिटल वालेटमा लोड गरी मोकोको क्यूआरहरुमा प्रयोग गर्न मिल्ने गरी सम्झौता भएको छ । यस सम्झौतापश्चात सेञ्चुरी कमर्सियल बैंकका डेबिट कार्डलगायत क्रेडिट कार्डवाहकले सम्बन्धित कार्डको सर्त बन्देज तथा सुविधाको अधीनमा रही क्यूआर स्क्यानमार्फत भुक्तानी गर्न मिल्ने हुँदा ग्राहकलाई थप सुविधा प्राप्त हुनेछ।
मोको डिजिटल वालेटमा कार्ड लोड गरिसकेपछि विभिन्न प्रयोजनका लागि भौतिक कार्डको समेत आवश्यकता पर्ने छैन।
क्रेडिट कार्डवाहकले समेत क्यूआर स्क्यान गर्न मिल्ने सुविधा नेपालमा एउटा नयाँ सुरुवात हुनेछ।
सम्झौतापत्रमा मोको डिजिटल वालेटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रणय राजभण्डारी र बैंकका तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसीले हस्ताक्षर गरेका छन्।
सेञ्चुरी कमर्सियल बैंकले १४५ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
3 minutes ago
25 minutes ago
45 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago