काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र चितवनको नारायणगढस्थित एनपीआई नारायणी सामुदायिक अस्पताल तथा सिराइचुली होटेलबीच बैंकको ग्राहकलाई विशेष छुट प्रदान गर्ने समझदारी भएको छ।
बैंकको डेबिट कार्ड र क्रेडिट कार्डवाहक, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई एनपीआई नारायणी सामुदायिक अस्पताल र सिराइचुली होटेलमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो।
एनीपआई नारायणी सामुदायिक अस्पतालले लिने विभिन्न सेवा (ओपीडी, फार्मेसी, सीटी स्क्यानबाहेक) शुल्कमा १० प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका तर्फबाट नारायणगढ शाखा प्रमुख भेषराज खड्का र अस्पतालका तर्फबाट अस्पतालका सञ्चालक विष्णु कुँवरले हस्ताक्षर गरेका छन्।
यसैगरी सिराइचुली होटेलमा फुड एन्ड बेभरेजमा १०% र एकोमोडेसन शुल्कमा २५ प्रतिशत छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट नारायणगढ शाखाका प्रमुख भेषराज खड्का र सिराइचुली होटेलका तर्फबाट रिसोर्टका सञ्चालक विष्णु घिमिरेले हस्ताक्षर गरेका छन्।
सेञ्चुरी कमर्सियल बैंकले चितवन जिल्लामा ६ वटा शाखा नारायणगढ लायन्सचोक, बेलचोक, टाँडी, भण्डारा, पदमपुर र पटिहानीबाट वित्तीय सेवा प्रदान गर्दै आएको छ। बैंकले कुल १४७ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago