काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकलाई दराजको ११.११ अभियानमा छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। यो योजना नोभेम्बर ११ (कात्तिक २५ गते) देखि लागू हुनेछ।
सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार प्रवर्द्धन अधिकृत शंकर केसी र दराज केयमुका तर्फबाट पेमेन्ट प्रबन्धक जोनाम भूर्तेलले हस्ताक्षर गरेका छन्।
बैंकमा खाता रहेका ग्राहकले दराजको ११.११ अभियानमार्फत अनलाइन सामान खरिद गर्दा बैंकको डेबिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम १५% वा रु. २ हजार ५०० सम्मको छुट र क्रेडिट कार्डबाट गरिने भुक्तानीमा अधिकतम २०% वा रु. ३ हजारसम्मको छुट प्रदान गर्ने गरी सम्झौता भएको छ। उक्त छुट प्राप्त गर्नका लागि ग्राहकले आफ्नो कार्डको ई–कमर्स सेवा सुचारु गर्नुपर्नेछ।
सेञ्चुरी कमर्सियल बैंकले १४८ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago
15 hours ago