काठमाण्डौ ।  सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कात्तिक २७ गतेदेखि  चितवनको पदमपुर शाखा नयाँ ठाँउमा सञ्चालनमा ल्याएको छ। 

पदमपुर शाखा नयाँ ठाउँमा सार्नका लागि आयोजित समारोहको बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले समुद्घाटन गरेका थिए । सोसँगै 

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज न्यौपाने, प्रमुख कर्जा अधिकृत राजेश भण्डारीलगायत बैंकका कर्मचारीहरु तथा स्थानीयको उपस्थिति रहेको थियो ।

देशका सुगमतथादुर्गम क्षेत्रसम्म सेवाविस्तार गर्ने उद्देश्यका साथ बैंकले देशका विभिन्न स्थानहरुमा शाखा, शाखारहित बैंकिङ्ग तथा एक्सटेन्सन काउण्टरहरु संचालनमा ल्याई बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकको कुल शाखा संख्या १४८ छ भने बैंकले १० एक्सटेन्सन काउण्टर, २४ शाखारहित बैंकिङ्ग र ११५ वटा एटिएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ ।