काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र काठमाण्डौ क्यान्सर सेन्टर चाँगुनारायणबीच कर्मचारी तथा ग्राहकको उपचार सेवा विषयमा सम्झौता भएको छ।

बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ प्रयोगकर्ता, सम्पूर्ण ग्राहक तथा बैंकका कर्मचारीलाई काठमाण्डौ क्यान्सर सेन्टरमा विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने गरी सम्झौता भएको हो। थ्रीडी सीआरटी सेवा, आईएमआरटी सेवा, भीएमएटी सेवालगायत अन्य सेवाहरुमा छुट दिने सम्झौता भएको छ। 

सम्झौतापत्रमा काठमाण्डौ क्यान्सर सेन्टरका तर्फबाट अध्यक्ष अन्जनीकुमार झा र बैंकका तर्फबाट बागमती प्रदेश प्रमुख दीपेन्द्रबाबु बिष्टले हस्ताक्षर गरेका छन्। 

सेञ्चुरी कमर्सियल बैंकका १४८ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११५ वटा एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।