काठमाण्डौ । प्रभु बैंकसँगको प्राप्ति प्रक्रिया स्वीकृत गर्दै सेञ्चुरी कमर्सियल बैंकको १२ औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। 

बैंकका अध्यक्ष राजेश कुमार श्रेष्ठको अध्यक्षतामा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा वार्षिक साधारणसभा सम्पन्न भएको हो। सभाले सेञ्चुरी बैंकलाई प्रभु बैंकले प्राप्ति गर्ने अन्तिम सम्झौंता स्वीकृत गरेको छ। 

सभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट चुक्तापुँजी रकम ९ अर्ब ५५ करोड ३९ लाख ९ हजार १९८.८९ रुपैयाँको ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको छ। 

यसका साथै सभाले लेखापरीक्षकको प्रतिवेदनसहित आर्थिक वर्ष २०७८–७९ को आर्थिक विवरण, वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण बाँडफाँडलगायतका प्रतिवेदन पारित गरेको छ। 

चालु आर्थिक वर्षको असोज मसान्तसम्म बैंकले कुल निक्षेप ९७.२९ अर्ब रुपैयाँ र कर्जा रकम ८७.४५ अर्ब रुपैयाँ परिचालन गरी ३१.८५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ।