काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धमा सम्झौता भएको छ । 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरु तथा शयेरधनीहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको छ । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक तथा बैंकका शयेरधनीहरुले विभिन्न सुविधाहरुमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका प्रमुख बजार अधिकृत रञ्जन खड्का र नेपाल क्यान्सर हस्पिटल एण्ड रिर्सच सेन्टर प्रा. लि.का कार्यकारी अध्यक्ष डा. सुदिप श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

बैंकले काठमाडौं उपत्यकामा १२ शाखाहरु र ६ वटा एक्सटेन्सन काउन्टरहरु  र उपत्यका बाहिर ९१ शाखाहरु र २ वटा एक्सटेन्सन काउन्टरहरु साथै १० वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १२१ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।