काठमाण्डौ । देशकै कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकले ६.५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको चैत ५ गते साँझ ४ बजे बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य नाफाबाट २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो बैंकमा हाल ८ अर्ब २५ करोड चुक्तापुँजी कायम भएको छ । यसको अर्थ बैंकले १६ करोड ५० लाख ९ हजार २४७ रुपैयाँ बराबरको बोनस सेयर वितरण गर्नेछ । 

यस्तै, करसहित ३७ करोड १२ लाख ७० हजार ८०५ रुपैयाँ नगद लाभांश वितरण गर्नुपर्ने हुन्छ ।

घोषित २ प्रतिशत बोनस सेयर वितरणपछि कम्पनीको चुक्तापूँजी ८ अर्ब ४२ करोडको हाराहारीमा पुग्नेछ । 

घोषित लाभांश नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।