काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको अध्यक्षमा पुनः राजेशकुमार श्रेष्ठ चयन भएका छन् । 

बैशाख १३ गते बसेको बैंकको २८५ औं संचालक समितिको बैठकले श्रेष्ठलाई पुनः अध्यक्ष बनाउने सर्वसम्मतिले निर्णय गरेको हो । 

श्रेष्ठ गत ३ वर्षदेखि सेञ्चुरी बैंकको अध्यक्ष पदमा थिए । 

यसैबीच, नवनिर्वाचित अध्यक्ष श्रेष्ठलाई नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपालले पद तथा गोपनीयताको सपथ खुवाएका छन् । 

साधारण सभाले शेयरधनीहरुलाई हाल कायम रहेको चुक्तापूँजीको २ प्रतिशत बोनस सेयर र ४.५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको थियो । 

यो बोनस शेयर जारी पश्चात् बैंकको चुक्ता पूंजी ८ अर्ब ४१ करोड ५५ लाख पुगेको छ ।