काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले सेती फाइनान्सको प्राप्तिको लागि नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति प्राप्त गरेको छ । 

यसअघि बैंकले इन्नोभेटिभ डेभलपमेन्ट बैंक तथा अरनिको डेभलपमेन्ट बैंकलाई प्राप्ति गरी एकीकृत कारोबार गरिसकेको छ भने २०७४ असार १८ गते बसेको विशेष साधारणसभाले सगरमाथा फाइनान्स लिमिटेडलाई प्राप्तिका लागि स्वीकृति समेत प्रदान गरिसकेको छ । यो बैंकले यसअघि नै अल्पाइन डेभलपमेन्ट बैंकलाई प्राप्तिको पनि सैद्धान्ति सहमति पाइसकेकोछ । 

यी सबै संस्थाहरुको प्राप्तिपछि सेञ्चुरी बैंकले ८ अर्बको पूंजीमा नपूग रकम चालु आर्थिक वर्षको मुनाफाबाट पूरा गर्ने जनाएको छ । यसैगरी सबै सँस्थाहरु प्राप्तिपछि बैंकको कुल शाखा कार्यलयहरु करिब ९० वटा हुनेछन् ।

२०६७ फाल्गुण २६ गते काठमाण्डौंको पुतलीसडकस्थित प्रधान कार्यालयबाट ३१ औं वाणिज्य बैंकको रुपमा बैंकिङ्ग कारोवार सुरु गरेको यस बैंकले हालसम्ममा ५३ वटा शाखा, ३३ वटा ए.टी.एम्, १५ वटा शाखारहित बैंकिङ्ग र ५ वटा एक्सटेन्सन् काउन्टरबाट ग्राहकवर्गसमक्ष बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।