काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले वैदेशिक रोजगार व्यवसायीहरुका लागि बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरेको छ । 
 
एक विज्ञप्ति जारी गर्दै बैंकले मुलुकको अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको विपे्रषणसँग प्रत्यक्ष सम्बन्ध राख्ने वैदेशिक रोजगार व्यवसायीहरुलाई सुविधा दिने उद्देश्यसहित हालै नेपाल सरकारले वैदेशिक रोजगार ऐन २०६४ लाई २०७५÷११÷१९ मा गरेको संशोधन बमोजिम बैंक ग्यारेण्टी सुविधा प्रदान गर्ने निर्णय गरिएको प्रष्ट पारेको हो । 
 
यस्तो सुविधाअन्तर्गत बैंकले रु. १,५०,००,०००.०० (अक्षरेपी एक करोड पचास लाख मात्र) को बैंक ग्यारेण्टी तल उल्लेखित बमोजिम पांच बर्षको लागि जारी गर्नेछ ।
 
नगद मार्जिन = रु. २०,००,०००.०० (रु. बिस लाख मात्र)
कमिशन = रु. ४,००,०००.०० (रु. चार लाख मात्र)
 
साथै बैंकले विदेशी मुद्रा सटहीमा आकर्षक सुविधा दिनुको साथै वैदेशिक रोजगारमा जाने कामदारहरुको लागि विशेष खाता सुविधा पनि उपलब्ध गराइने घोषणा गरेको छ । 
 
यस्ता सुविधाहरुले वैदेशिक रोजगार व्यवसायीहरुलाई काम गर्न सजिलो हुनुको साथै कामदारहरुलाई समेत थप सहयोग पुग्ने विश्वास बैंकले लिएको बताइएको छ ।