काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच आरटीजीएस प्रणाली सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।

सम्झौतामा सेञ्चुरी बैंकका ग्राहकले आवश्यकतानुसार नेपाल राष्ट्र बैंकद्धारा सञ्चालित आरटीजीएस प्रणालीमार्फत एउटा बैंकबाट अर्को बैंकमा भुक्तानी कारोबार फछ्र्यौट गर्न सक्ने बेहोरा उल्लेख छ । 

सम्झौतापत्रमा नेपाल राष्ट्र बैंकको भुक्तानी विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्रू र बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसी राम गौतमले हस्ताक्षर गरेका छन् ।