काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ललितपुरको महालक्ष्मीस्थित दृष्टिविहीन सहयोग केन्द्र नेपाललाई दृष्टिविहीन विद्यार्थीहरुको अध्ययनमा सहज पहुँच पुगोस् भन्ने उद्दश्यले दुई थान कम्प्युटर हस्तान्तरण गरेको छ । 

उक्त कम्प्युटर बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले केन्द्रका अध्यक्ष राजेन्द्र दुलाल क्षेत्रीलाई हस्तान्तरण गर्नुभयो ।  हस्तान्तरण समारोहमा बैंकका वरिष्ठ पद्धाधिकारीहरुको उपस्थिती थियो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ।