काठमाण्डौ । सेञ्चुरी बैंकले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा खुद नाफामा ३५.३३ प्रतिशतको छलाङ मारेको छ ।

प्रथम त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बैंकले खुद नाफा ३७ करोड ८ लाख रुपैयाँ गरेको छ । गत वर्ष बैंकको खुद नाफा २७ करोड ४० लाख रुपैयाँ थियो ।

बैंकले समीक्षा अवधिमा वितरणयोग्य मुनाफा १८ करोड ७ लाख रुपैयाँ आर्जन गर्न सफल भएको छ ।

बैंकको समीक्षा अवधिमा सञ्चालन मुनाफा ५२ करोड ११ लाख रुपैयाँ रहेको छ। गत वर्ष सञ्चालन मुनाफा ३९ करोड १२ लाख रुपैयाँ रहेको थियो ।

प्रथम त्रैमासमा बैंकले खुद ब्याज आम्दानी ७८ करोड ४ लाख रुपैयाँ गरेको छ। गत वर्ष यही अवधिमा बैंकको खुद ब्याज आम्दानी ७० करोड १ लाख रुपैयाँ रहेको थियो ।

बैंकले समीक्षा अवधिमा ६१ अर्ब २४ लाख रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ५४ लाख रुपैयाँ अर्ब कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा बैंकले ६० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

बैंकको रिजर्भको आकार समीक्षा अवधिमा १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ । गत वर्ष रिजर्भको आकार १ अर्ब ११ करोड रुपैयाँ रहेको थियो ।