काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बर्दिबास शाखाले पथलैया बजार, महोत्तरीमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ ।

बालबालिकाहरुदेखि लिएर वृद्धवृद्धाहरुसमेत सहभागी उक्त शिविरमा १सय २७ जनाभन्दा बढीले निःशुल्क जांँच गराएका थिए । सगरमाथा चौधरी आँखा अस्पतालको सहयोगमा सो शिविर सम्पन्न भएको बैंकले जनाएको छ ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको छ ।