काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेड रभाटभटेनी मनी ट्रान्सफर प्रालिबीच बुधबार मनी ट्रान्सफरसम्बन्धी सम्झौता भएको छ ।

सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंकका सम्पूर्ण शाखा कार्यालयहरुबाट भाटभटेनी मनी ट्रान्सफरबाट पठाएको पैसाको भुक्तानी लिन सकिने बैंकले जनाएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख व्यवसाय विकास अधिकृत सुभाषबहादुर श्रेष्ठ र भाटभटेनी मनी ट्रान्सफरका कार्यकारी प्रबन्धक मुनालजंग कार्कीले हस्ताक्षर गरेका छन् ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखा र ७ वटा एक्सटेन्सन काउन्टर र उपत्यकाबाहिर १०० शाखा र २ वटा एक्सटेन्सन काउन्टरका साथै १३ वटा शाखारहित बैंकिङ गरी जम्मा १३५ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।