काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको चरिकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको संयुक्त आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन गरेको छ । बैंकले संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत चरिकोटमा उक्त कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मुख्य विषयवस्तु बैंकिङ कर्जा, व्यापार विस्तार, बैंकिङ प्रणाली, लेखा तथा करसम्बन्धी जानकारी दिएको थियो । कार्यक्रममा ११४जना भन्दा बढीको सहभागी थियो ।

सहुलियत कर्जा, बैंक खाता, बैंकले नागरिकलाई दिइरहेको सेवा प्रवाहलगायत ग्रामीण भेगका नागरिकसँग बैंकको पहुँच बढाउन गाउँगाउँसम्म वित्तीय साक्षरता अभियान बैंकले सुरु गरिरहेको हो । 

बैंकले आफ्नो संस्थागत सामाजिक उतरदायित्वअन्तर्गत अन्य स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।