काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्ना ग्राहकको मागलाई ध्यानमा राख्दै नयाँ बचत खाता ‘सेन्चुरी सेभिङ प्लस अकाउन्ट’ को शुभारम्भ गरेको छ ।

यो खाताको शुभारम्भ एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरे । शुभारम्भ कार्यक्रममा बैंकका उच्च पदाधिकारीहरुको समेत उपस्थिति थियो ।

रु. ५० हजार न्यूनतम मौज्दात भएको यो खातामा वार्षिक ६.५% को दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिनेछ । रु. १० लाख सम्मको प्राणघातक रोग/दुर्घटना-दीर्घकालीन अशक्तताको बीमा आईएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट गर्ने व्यवस्था गरिएको छ ।

यो खातावालाहरुले नेपालका अन्य कुनै बैंकका एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै निस्शुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ र कर्जा सुविधामा विशेष छुटसमेत दिइनेछ ।