काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र भैंसीपाटी, ललितपुरस्थित नेपाल मेडिसिटी हस्पिटल बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ । 

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने सम्झौता गरेको हो । सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले अस्पतालको विभिन्न सेवामा ७ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र नेपाल मेडिसिटी हस्पिटलका महाप्रबन्धक बिजय रिमालले हस्ताक्षर गरेका छन् ।