काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र काठमाण्डौस्थित होटल डेल अन्नपूर्णबीच विभिन्न सुविधामा दिइने छुटसम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकलाई सहुलियत प्रदान गर्ने उद्दश्यले सम्झौता गरेको हो ।

सम्झौताअनुसार बैंैकका ग्राहकले होटल डेल अन्नपूर्णका साथै सोही होटलअन्तर्गत जगतपुर लज, चितवन तथा फिसटेल लज, पोखरामा सेञ्चुरी बैंकको क्रेडिट वाडेबिट कार्डबाट महशुल भुक्तान गर्दा बेकरी तथा अन्य खाद्य र बेभरेजमा १५ प्रतिशतसम्म छुट पाउनेछन् ।

सम्झौतापत्रमा बैंकका प्रमुख बजारअधिकृत रन्जन खड्का र होटलका प्रमुख कार्यकारी अधिकृत राजु विक्रम शाहले हस्ताक्षर गरेका छन् ।