काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत श्री माधव नारायण स्वस्थानी ब्रत तथा शालिनदी सुधार समितिलाई श्रद्धालु भक्तजनहरुको रात्री यात्रालाई सहज बनाउन २५० थान र्टच लाइट हस्तान्तरण गरिएको छ ।

बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटीले समितिका महासचिव एलपी श्रेष्ठलाई  टर्च लाइट हस्तान्तरण गरे ।

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत अन्य थुप्रै कार्यक्रमहरु पनि गर्दै आएको छ ।