काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको भैरहवा शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ओमसतिया गाउँपालिका वडा नं ३ लोहरौलिमास्थित रोहिणी विद्याश्रम आधारभूत विद्यालयमा अध्ययनरत बालबालिकाहरुका लागि न्यानो कपडा वितरण गरेको छ ।

११० बालबालिकाहरुको लागि न्यानो कपडा बैंकका भैरहवा शाखाका शाखाप्रबन्धक बिशाल गुप्ताले विद्यालयका प्रध्यानाध्यापक विजयमणि त्रिपाठीलाई हस्तान्तरण गरे । 

बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शिक्षा, स्वास्थय, वातावरण तथा अन्य क्षेत्रमा थुप्रै कार्यक्रमहरु गर्दै आएको जनाएको छ ।