काठमाण्डौ । कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई ६.७५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

माघ २३ गते बसेको संचालक समितिको ३०३ औं बैठठकले २०७६ असार मसान्तसम्म कायम चुक्तापूँजी ८ अर्ब ४१ करोडको २ प्रतिशतले हुन आउने रकम बराबरको बोनस सेयर र कर प्रयोजनसहित ४.७५ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

यो घोषणा नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भई बैंकको वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

घोषणा अनुसार बैंकले १६ करोड ८३ लाख रुपैयाँ बराबरको बोनस सेयर र ३९ करोड ९७ लाख ३४ हजारभन्दा केही बढी नगद लाभांश वितरण गर्नुपर्ने हुन्छ ।