काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक रहेटौेडा–४,मकवानपुर ंस्थित होटेल सामना प्रा.लि.तथा हेटौडा–१०,मकवानपुर स्थित होटेल सुर्यान्स प्रा.लि बीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदानगर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकको क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटेल सामनाको सेवासुविधामा १५ प्रतिशतसम्म छुट पाउने छन् भने  होटेल सुर्यान्सको सेवासुविधामा २० प्रतिशतसम्म छुट पाउने छन् ।

होटेल सामना प्रा.लि. सँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखाप्रबन्धक सुहित शाक्य र होटेलका प्रबन्धनिर्देशक सुरज आचार्यले हस्ताक्षर गरे । साथै, होटेल सुर्यान्स प्रा.लि. सँगको सम्झौतापत्रमा बैंकका हेटौडा शाखाप्रबन्धक सुहित शाक्य र होटेलका अपरेशन प्रबन्धक नकुल गिरीले हस्ताक्षर  गरे ।