काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको स्वतन्त्र संचालकमा प्रा.डा. गीता प्रधान नियुक्त भएकी छिन् । 

बैंकको फागुन ६ गते बसेको संचालक समितिको ३०५ औं बैठकले प्रा.डा. प्रधानलाई स्वतन्त्र संचालनमा नियुक्त गर्ने निर्णय गरेको हो । 

हाल यो बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यका बाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ्ग गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।