काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकको बेलचोक, नारायणगढ शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत इच्छाकामना–६, चितवनस्थित देवी भञ्ज्याङ्ग राष्ट्रिय आधारभूत विद्यालय कालिखोलामा कक्षा १ देखि ५ सम्म अध्ययनरत बालबालिकाहरुका लागि १२२ थान विद्यालय पोशाक हस्तान्तरण गरेको छ ।

विद्यालयको २६ औं वार्षिक उत्सव तथा अभिभावक दिनको उपलक्ष्यमा बालबालिकाहरुको लागि विद्यालय पोशाख बंैकका हेटौंडा क्लस्टर प्रमुख शंकर केसी तथा बेलचोक, नारायणगढ शाखा प्रमुख गणेश प्रसाद शर्माले विद्यालयका प्रध्यानाध्यापक ज्ञानु देबी पाण्डेलाई हस्तान्तरण गरे ।