काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकका कार्डबाहक ग्राहकले काठमाण्डौका गम्स एण्ड गिगल्स डेन्टल क्लिनिक प्रालिको सेवामा २० प्रतिशतसम्म छुट पाउने भएका छन् । 

यस सम्बन्धी सम्झौता मंगलबार भएको हो । 

बैंक र काठमाण्डौको कमलपोखरीमा रहेको सो डेन्टल क्लिनिकबीच बैंकका क्रेडिट र डेबिट कार्डबाहक ग्राहकलाई सहुलियत दिने विषयमा सम्झौता भएको हो । 

सम्झौता अनुसार बैंकका कार्डबाहक ग्राहकले सो क्लिनिकका सेवामा २० प्रतिशतसम्म छुट पाउनेछन् । 

सम्झोतापत्रमा बैंकका बजार प्रबन्धक शेखरराज बस्ताकोटी र क्लिनिककी डाक्टर नियुक्ति अर्जालले हस्ताक्षर गरेका बैंकले जनाएको छ ।