काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र कोहलपुर ११, मेडीकल कलेज लाइन बाँकेस्थित होटल अथितिबीच विभिन्न सेवा सुविधामा दिइने छुट सम्बन्धी सम्झौता भएको छ ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहकहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ । सम्झौताअनुसार बैंैकका क्रेडिट र डेबिट कार्ड ग्राहकहरुले होटलको सेवासुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

उक्त सम्झौतापत्रमा बैंकका बासगढी शाखा प्रबन्धक प्रदीप खरेल र होटल अथितिका प्रबन्ध निर्देशक नर बहादुर ओलीले हस्ताक्षर गरे ।