काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक र सिद्धर्थ बिजनेस ग्रुपअफ हस्पिटालिटीबीच सम्झौता भएको छ।

बैंकले आफ्ना क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्यसमिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुलाई सहुलियत प्रदान गर्ने गरी सम्झौता गरेको छ। सम्झौताअनुसार बैंकको क्रेडिट र डेबिट कार्ड ग्राहक, कार्य समिति सदस्य, बैंकका कर्मचारी तथा उनका परिवारहरुले सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीको सेवासुविधामा १० प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतापत्रमा बैंकका प्रबन्धक – कार्डस र ट्रान्जेक्सन बैकिङ युनेस पुरी र सिद्धर्थ बिजनेस ग्रुप अफ हस्पिटालिटीका निर्देशक सेल्स एन्ड मार्केटिङ प्रोप्राइटर प्रभाकर खड्काले हस्ताक्षर गरेका छन् ।