काठमाण्डौ । कोभिड १९ को मारमा परेका आफ्ना सेयरधनीलाई सेञ्चुरी कमर्सियल बैंकले राहात स्वरुप ३ प्रतिशत अन्तरिम लाभांश वितरण गर्ने भएको छ ।
देशकै कान्छो वाणिज्य बैंक, सेञ्चुरीको गत वर्षको लागि वार्षिक साधारणसभा कोभिड १९ प्रकोपकै कारण हुन सकेको छैन । साधारणसभा नहुँदा संचालक समितिबाट गत वर्षको वितरणयोग्य मुनाफाबाट घोषित लाभांश सेयरधनीले तत्काल नपाउने अवस्थालाई मध्यनजर गर्दै बैंकले घोषित लाभांशमध्ये ३ प्रतिशत अन्तरिम लाभांशको रुपमा वितरण गर्ने निर्णय गरेको हो ।
बैंक संचालक समितिको बैठकले गत आर्थिक वर्षका लागि घोषणा गरेको ४.७५ प्रतिशतमध्ये ३ प्रतिशत अन्तरिम लाभांश वितरणको निर्णय गरेको बताइएको छ ।
स्वीकृत नगद लाभांशको ३ प्रतिशत अर्थात २५ करोड २४ लाख ६४ हजार १४७.२८ रुपैयाँबाट आवश्यक लाभांश कर कट्टी गरी हुन आउने लाभांश रकम रु. २३ करोड ९८ लाख ४० हजार ९३९.९२ सेयरधनीलाई वितरण हुने बेंकले जारी गरेको सूचनामा उल्लेख छ ।
गत फागुन ३० गतेसम्म सेञ्चुरी बैंकको सेयरधनी कायम भएकाहरुले मात्र अन्तरिम लाभांश पाउने बैंकले प्रष्ट पारेको छ ।
बाँकी रहेको नगद लाभांश र बोनस सेयर वार्षिक साधारणसभापछि वितरण गरिने बैंकको भनाई छ । यसरी हेर्दा बाँकी रहेको १.७५ प्रतिशत नगद लाभांश र २ प्रतिशत बोनस सेयर भने सेयरधनीले साधारणसभापछि मात्र पाउनेछन् ।
हाल सेञ्चुरी बैंकको चुक्तापूँजी ८ अर्ब ४१ करोड ५४ लाख रुपैयाँ रहेको छ ।
1 minute ago
20 minutes ago
30 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago