काठमाण्डौ । आफ्ना ग्राहकका लागि सधैँ उच्च गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध सेञ्चुरी कमर्सियल बैंक लिमिटेडद्वारा आइजेलियान्ट टेक्नोलोजिज इन्डियासँगको सहकार्यमा थ्रीडी सेक्योर सेवा प्रारम्भ गरेको छ।
उक्त सम्झौताअनुसार सेञ्चुरी कमर्सियल बैंकको भिसा डेबिट, क्रेडिट तथा ट्राभल कार्डबाट पैसा निकाल्न र सामान खरिद गर्नमात्र सीमित नभई अब यी कार्डहरुबाट विभिन्न अनलाइन माध्यमबाट पनि सजिलैे र सुरक्षित रूपमा सामान खरिद गर्न सकिने बैंकले जनाएको छ। थ्रीडी सेक्योर सेवामा ग्राहकहरुले कार्ड प्रयोग गर्दा वान टाइम पासवर्ड (ओपीटी) आफ्नो आधिकारिक मोबाइल वा ई–मेलमा प्राप्त गर्न सक्नेछन्।
थ्रीडी सेक्योर सेवामा कार्ड र ओपीटी दुवै आवश्यक पर्ने हुँदा कारोबार पूर्ण रूपले सुरक्षित हुन्छ।
22 minutes ago
40 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
3 hours ago
4 hours ago