काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडको गत आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमाससम्म खुद नाफा ३३.९९ प्रतिशतले बढाउन सफल भएको छ।
बैंकको शुक्रबार सार्वजनिक आर्थिक वर्ष २०७६/७७ को चौथो त्रैमास वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म बैंकको खुद नाफा ९० करोड ६३ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्म ६७ करोड ६४ लाख रुपैयाँ रहेको थियो।
बैंकको वितरणयोग्य मुनाफा ४० करोड रुपैयाँ बढी रहेको छ।
समीक्षा अवधिसम्म बैंकको सञ्चालन मुनाफा १ अर्ब २२ करोड रुपैयाँ रहेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म १ अर्ब २ करोड रुपैयाँ रहेको थियो।
यो त्रैमाससम्म बैंकले खुद ब्याज आम्दानीबापत २ अर्ब ८६ करोड रुपैयाँ आर्जन गरेको छ। जुन अघिल्लो वर्ष यही अवधिसम्म २ अर्ब ५९ करोड रुपैयाँ रहेको थियो।
बैंकले समीक्षा अवधिमा ६५ अर्ब ३४ करोड रुपैयाँ निक्षेप संकलन गरी ५८ अर्ब ४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। अघिल्लो वर्ष बैंकले ६० अर्ब २७ करोड रुपैयाँ निक्षेप संकलन गरी ५७ अर्ब ८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।
समीक्षा अवधिमा बैंकको रिजर्भको आकार ५२.१९ प्रतिशतले बढेको छ। अघिल्लो वर्ष १ अर्ब ८६ लाख रुपैयाँ रहेको रिजर्भमा समीक्षा अवधिमा बढेर १ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ।
बैंकको आधार दर भने १.९१ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष यही अवधिसम्म ११.२९ प्रतिशत रहेको आधार दर समीक्षा अवधिमा घटेर ९.३८ प्रतिशतमा सीमित बनेको छ।
बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ०.८१ प्रतिशतलेबढेको छ। अघिल्लो वर्ष यो अनुपात १.४० प्रतिशत रहेकोमा समीक्षा अवधिमा बढेर २.२१ प्रतिशत पुगेको छ।
बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) १०.७७ रुपैयाँ रहेको छ। मूल्य आम्दानी अनुपात १५.३४ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १२६.७६ रुपैयाँ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य ९८८.१६ रुपैयाँ रहेको छ।
9 minutes ago
32 minutes ago
52 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago