काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले गत आर्थिक वर्ष २०७६/७७ का लागि लाभांश प्रस्ताव गरेको छ।
बैंक सञ्चालक समितिको आज सोमबार बिहान बसेको बैठकले २०७७ असार मसान्तसम्म कायम चुक्तापुँजी ८ अर्ब ४१ करोड ५४ लाख ७१ हजार ५७६.३० रुपैयाँ तथा आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट वितरण गर्न बाँकी रहेको १६ करोड ८३ लाख ९ हजार ४२३.७० रुपैयाँबराबरको बोनस सेयरसमेत गरी कायम हुन आउने चुक्तापुँजी ८ अर्ब ५८ करोड ३७ लाख ८१ हजार रुपैयाँको कुल ७.५ प्रतिशतले हुन आउने लाभांश प्रस्ताव गरेको हो। प्रस्तावित लाभांशमा ५.२५ प्रतिशतले हुन आउने ४५ करोड ६ लाख ४८ हजार ५०२.५० रुपैयाँबराबरको बोनस सेयर र २.२५ प्रतिशतले हुन आउने १९ करोड ३१ लाख ३५ हजार ७२.५० रुपैयाँबराबरको नगद लाभांश (लाभांश करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट सेयरधनीलाई वितरण गरिने बैंकले जनाएको छ।
12 minutes ago
32 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago