काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कर्णाली प्रदेशका व्यावसायिक कृषकहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्ने भएको छ। 

यस विषयमा सेञ्चुरी कमर्सियल बैंक र कर्णाली प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच सम्झौता भएको छ। मन्त्रालयले कार्यान्वयनमा ल्याएको “व्यावसायिक कृषि तथा पशुपन्छीपालन व्यावसायका लागि ब्याज अनूदान कार्यक्रम कार्यविधि, २०७६” कार्यान्वयनमा ल्याउन मन्त्रालय र बैंकबीच यस्तो सम्झौता भएको हो। भूमि ब्यवस्था, कृषि तथा सहकारी मन्त्रालय र सेञ्चुरी कमर्सियल बैंक लिमिटेडवीच सम्झौता भयो। 

यो सम्झौतापछि बैंकले कर्णाली प्रदेशका व्यावसायिक कृषिकहरुलाई सहुलियतपूर्ण कृषि कर्जा प्रवाह गर्नेछ। 

सम्झौतापत्रमा मन्त्रालयका तर्फबाट कृषि तथा सहकारी मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र तथा बैंकका तर्फबाट कृषि तथा विपन्न वर्ग कर्जा विभागका प्रमुख प्रवीन कुमार दाहालले हस्ताक्षर गरेका छन्। 

आधुनिक प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिग सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२६ शाखा, १० एक्सटेन्सन काउन्टर, २२ शाखारहित बैंकिङ र ९२ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।