काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको आज बिहान बसेको बैठकले २०७८ असार मसान्तसम्म कायम चुक्तापुँजी ९ अर्ब ३ करोड ४४ लाख २९ हजार ५०२.५० रुपैयाँको कुल ६.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा ५.७५ प्रतिशतले हुन आउने ५१ करोड ९४ लाख ७९ हजार ६९६.३९ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.३० प्रतिशतले हुन आउने २ करोड ७३ लाख ४१ हजार ३६.६५ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने बैंकले जनाएको छ।