काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आफ्नो ११ औँ वार्षिक साधारणसभा डोकेको छ। 

बैंक सञ्चालक समितिको बिहीबार बसेको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको भद्रकालीस्थित आर्मी अफिसर्स क्लबमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुनेछ। 

सभाले गत आर्थिक वर्षका लागि प्रस्तावित कुल ६.०५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३० प्रतिशत नगद लाभांश छन्। 

सभाले बोनस सेयर जारीपछि बैंकको जारी र चुक्तापुँजी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्रका सम्बन्धित दफाहरुसंशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। 

अन्य बैंक तथा वित्तीय संस्थाहरु आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न तथा स्वदेशी तथा विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमति र सम्झौतालगायतका सम्पूर्ण कार्य गर्न तथा गराउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। 
गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायत महत्वपूर्ण दस्तावेजहरु पनि सभामा छलफल गरी पारित हुनेछन्। 

लाभांश र सभा प्रयोजनका लागि बैंकले यही पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ पुस १८ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।