काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व परिमार्जन गरेको छ।

बैंकले झन्डै २३ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै सेयर स्वामित्व परिमार्जन गरेको हो। सेयर स्वामित्व परिमार्जन गर्न बैंकले २२ लाख ९७ हजार ६८३.८८ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको छ।

योसँगै अब बैंकमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।