काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आमजनताको बचत गर्ने बानीको विकास गर्न सेञ्चुरी रिकरिङ निक्षेप खाता सञ्चालनमा ल्याएको छ। 

नियमित आम्दानी प्राप्त गर्ने रोजगारीमा भएका वर्ग, महिला, बालबालिका, निश्चित आम्दानी भएका कृषक, साना उद्यमी व्यवसायी, विप्रेषण (रेमिटान्स) प्राप्त गर्ने ग्राहकलाई लक्षित गरी सेञ्चुरी रिकरिङ मुद्दति र सेञ्चुरी फ्लेक्सी फिक्स्ड नामक दुई निक्षेप खाता सञ्चालनमा ल्याएको हो। न्यूनतम रु. १ हजारमै खोल्न सकिने र खातामा क्रमिक रुपमा थप रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ। 

सेञ्चुरी रिकरिङ मुद्दतिमा खाता खोल्दाकै बखतको ब्याजदर प्रदान गरिनेछ भने सेञ्चुरी फ्लेक्सी फिक्स्ड खातामा बैंकले समय–समयमा प्रकाशित गरेको मुद्दति निक्षेपअनुरुपको ब्याज प्रदान गरिने बैंकले जनाएको छ। 

सेञ्चुरी बैंकका सम्पूर्ण शाख मार्फत खाता खोल्न सकिनेछ।

आधुनिक प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।