काठमाण्डौ। सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका अध्यक्ष राजेशकुमार श्रेष्ठले आज एक कार्यक्रमबीच  ‘सेञ्चुरी क्यालेन्डर(२०७९’ सार्वजनिक गरेका छन्। 

वित्तीय साक्षरता अभिवृद्धि एवं डिजिटल कारोबार प्रवर्द्धन गर्ने उद्देश्यले नयाँ वर्ष २०७९ को क्यालेन्डरमा निक्षेप, कर्जा, डिजिटल बैंकिङका माध्यमहरुलगायत विभिन्न बैंकिङ सेवाहरुलाई समावेश गरिएको छ। यसबाट वित्तीय साक्षरता र डिजिटल बैंकिङ सचेतना अभिवृद्धिमा सहयोग पुग्ने बैंकले अपेक्षा राखेको छ। 

आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी कमर्सियल बैंकले आफ्ना १२९ शाखा, १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।