काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले आगामी फागुन ३० गते वार्षिक साधारणसभा आह्वान गरेको छ । साधारणसभा प्रयोजनकै लागि बैंकले फागुन ११ गतेदेखि बुक क्लोज गर्ने सूचना नेप्सेमा प्रकाशित गरेको छ। 

बैंकले यो साधारणसभा ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश गर्दैछ । साधारणसभामा सहभागी हुन र घोषित नगद तथा सेयर लाभांश प्राप्त गर्न इच्छुकले फागुन १० गतेभित्र बैंकको सेयर खरीद गरिसक्नुपर्नेछ । 

प्रस्तावित बोनस सेयर साधारणसभाबाट पारित भएपछि बैंकको चुक्तापूँजी ८ अर्ब ६ करोड माथि पुुग्नेछ । 

यो बैंकले दोश्रो त्रैमासदेखि अधिकांश बित्तीय सूचकहरुमा आशालाग्दो प्रगति गरेको देखाएको छ । यो अवधिमा बैंकको खूद नाफा ३२ करोड ५१ लाख रुपैयाँ रहेको छ ।