काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ वर्ष २०७९ को अवसरमा बचतकर्ताको हितलाई ध्यानमा राखेर शताब्दी बचत खाता सञ्चालनमा ल्याएको छ। 

शताब्दी बचत खातामा ग्राहकले वार्षिक ८.०३ प्रतिशतको उच्च ब्याजदरका साथसाथै रु. ७ लाखसम्मको निःशुल्क बीमा सुविधा प्राप्त गर्न सक्नेछन्। यस खातामा रु.१  लाखसम्मको स्वास्थ्य बीमा, रु. १ लाखसम्मको विभिन्न १८ घातक रोगको बीमा र रु. ५ लाखसम्मको दुर्घटना बीमाको व्यवस्था रहेको छ। 

शताब्दी बचतखाता खोल्दा ग्राहकलाई मोबाइल बैंकिंग, इन्टरनेट बैंकिङ, भिसा डेबिट कार्ड, लकर सेवा, डिम्याट खाता र मेरो शेयर निःशुल्क प्रदान गरिनेछ। यसका साथै शताब्दी खाता खोल्दा ग्राहकलाई बैंकको केन्द्रीय कार्यालयमा प्रिभिलेज काउन्टरको व्यवस्था र शाखाहरुमा विशेष प्राथमिकता साथ सेवा प्रदान गरिनेछ। यो खाता बैंकका सम्पूर्ण शाखाहरुबाट खोल्न सकिनेछ। 

आधुनिक प्रविधिका माध्यमबाट देशका दुर्गम तथा सहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको सेञ्चुरी बैंकले आफ्ना १२९ शाखा १० एक्सटेन्सन काउन्टर, २४ शाखारहित बैंकिङ र ११३ एटीएममार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ।