काठमाण्डौ । सेञ्चुरी कमर्सियल कमर्सियल बैंक लिमिटेडको १० वर्षे अवधिको ऋणपत्रको भोलि मंगलबार बाँडफाँड हुने भएको छ।

धितोपत्र बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको कार्यालयमा ऋणपत्र बाँडफाँड हुनेछ। ऋणपत्र बाँडफाँड कार्यक्रम बिहान ९ः३० बजे राखिएको छ। 

बैंकले २ अर्ब २० करोड रुपैयाँको ‘सेञ्चुरी डिबेन्चर–२०८८’ नामक ऋणपत्र गत वैशाख २१ गतेदेखि जेठ ४ गतेसम्म निष्कासन गरेको थियो। बैंकले कुल इकाइमध्ये १३ लाख २० हजार इकाइ बैंकले व्यक्तिगत तबरबाट बिक्री गरेको छ। बाँकी ८ लाख ८० हजार इकाइ सर्वसाधारणका लागि बिक्री खुला गरिएको थियो। जसमा १० हजार इकाइ सामूहिक लगानी कोषलाई छुट्याएको थियो।

तरलताको चरम अभावका कारण बैंकहरुलाई फिटफिटी परिरहेको बेला कान्छो वाणिज्य बैंक सेञ्चुरी कमर्सियल बैंकको ऋणपत्र भने तोकिएको समयभित्रै बिक्री भएको थियो।

यसमा ऋणपत्रमा लगानीकर्ताले वार्षिक १०.५० प्रतिशत ब्याज पाउनेछन्।